कोरोना भाइरसबाट आज देशभर २ हजार ६ सय ७६ जना सङ्क्रमित भएका छन् । ८ हजार २ सय ५६ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ८२ जना तथा ४ हजार ५ सय १२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ९४ जना गरी जम्मा २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा १ हजार ७ सय ५७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ६ लाख २६ हजार ४ सय ६८ जना निको भएका छन् । अहिले सम्मको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९४ दशमलव ६ प्रतिशत रहेको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ४ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।