मकवानपुर – सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले समाजमा ब्याप्त कुरीति, कुप्रथा एवम् कुसंस्कार नियन्त्रणमा जनप्रतिनिधिहरुको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचन २०७९ मा हेटौंडा उपमहानगरपालिकामा निर्वाचित वडा अध्यक्ष एवम् सदस्यहरुलाई उहाँहरुकै कार्यकक्षमा पुगेर स्वागत तथा बधाई दिनुका साथै उहाँहरुसंग अन्तरकृया गरेको हो ।
केन्द्रका अध्यक्ष राम बिष्टको नेतृत्वमा भएको कार्यक्रममा सामुदायिक पदाधिकारी र नवनिर्वाचित जनप्रतिनिधि बिच समाजमा व्याप्त कुरिति, कुप्रथा र कुसंस्कार नियन्त्रणका लागि सबैले सकारात्मक भुमिकाका हुनु पर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष बिष्टले शान्तिपूर्ण र समुन्नत समाज निर्माण गर्नु नै अहिलेको आवश्यक्ता भएको बताउनुभयो । उहाँले विकासको मापक बाटो, ढल लगाएत क्रकिट संरचना मात्र नभएर सामाजिक परिर्वतन हुनु पर्ने बताउनुभयो । समाजमा मौलाउँदै गएको बिक्रिति र बिसंगतिलाई समयमा नै पहिचान गरि न्युनिकरण तर्फ लाग्नु पर्ने भन्दै उहाँले यसका लागि नगरका वडाहरुसंग सामुदायिक सेवा केन्द्र मकवानपुर सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । कार्यक्रममा वडाअध्यक्ष एवम् सदस्यहरुले यस विषयमा केन्द्रलाई सहयोग र सहकार्य गर्दै अघि बढने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा केन्द्रका सचिव रमिला सापकोटाले लागु पदार्थ दुव्र्यशन र सचिवालय सदस्य कपिल अर्यालले कानुनी व्यवस्थाबारे जानकारी गराउनु भएको थियो । संस्थाले हेटौंडाका १ देखि १९ वटै वडामा पुगेर छुट्टा छुट्टै कार्यक्रम गरेको हो । कार्यक्रममा सम्बन्धित वडाका वडा सदस्य, केन्द्रका कार्यसमिति, प्रहरी लगाएतको उपस्थिति रहेको केन्द्रका सचिवालय सदस्य नबराज कोइरालाले जानकारी दिनुभयो ।
Home प्रदेश बागमती प्रदेश कुरीति, कुप्रथा र कुसंस्कार नियन्त्रणमा जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रिया











