मकवानपुर । ७२औं मदन जयन्तीका अवसरमा मंगलबार हेटौंडामा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा हेटौंडाको जिएस निकेतन प्रथम भएको छ ।
मकवानपुर बहुमुखि क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा जिएस निकेतनको टोलि प्रथम भएको हो । प्रतियोगितामा तुलसी मेहर मेमोरियल स्कुल द्धतिय एवम् आधुनिक राष्ट्रिय मावि तृतिय भएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा २० वटा स्कुलले जान दर्ता गराएका पनि ८ वटा टोलि छनौट भएका थिए । फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका बिजेतालाई असार १४ गते हुने कार्यक्रममा पुरस्कार वितरण गरिने बताईएको छ ।