प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुहुने कार्यक्रम छ ।
प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।
यसअघि विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसक्नुभएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू मातहतका कार्यालयको बजेटबाट उठेको प्रश्नको जवाफ दिएपछि बजेट पास गर्ने तयारी सरकारको छ।
बजेट पारित गर्ने विषयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले ह्विप जारी गरिसकेका छन् । जसपा र एकीकृत समाजवादीले यथास्थितिमा बजेट पास गर्न नसक्ने अडान लिइरहेका छन् ।