हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना एमालेका उम्मेदवार निर्वाचित हुनु भएको छ । आइतबार सम्पन्न मतदानको प्रकाशित मतपरिणाम अनुसार एमालेका ८ जना सदस्य निर्वाचित हुनु भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा महिला सदस्यमा ईश्वरी विश्वकर्मा, पातलीमाया गोङवा, मञ्जु भुर्तेल, रुकमणी गोङवा र साधना श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाँहरु सबैले ९७ मध्ये ५० मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नगर कार्यपालिका लागी दलित÷अल्पसङ्ख्यक तर्फ ६ उम्मेदवार मध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेमा अर्जुन बहादुर राई, बिर बहादुर विश्वकर्मा र शंकर राई हुनु हुन्छ । उहाँहरुले पनि ५०÷५० मत प्राप्त गर्नुभएको छ ।
यस्तो छ मतपरिणाम

