इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  गएराति भएको खेलमा इन्टर मिलानले गेटाफेलाई २ शून्य गाेलले तथा म्यानचेस्टर युनाइटेडले लास्कलाई २-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् । अन्तिम १६ को दोस्रो लेगमा म्यानयूले लास्कलाई २-१ ले हराउँदै समग्रमा ७-१ को जीत निकालेको हो । 

इन्टर मिलानको जितमा लुकाकु र क्रिस्टियन इरिक्सनले एक/एक गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा लुकाकुले सुरुवाती गोल गरेका थिए । त्यस्तै दोस्रो गोल भने इरिक्सनले खेलको ८३ औं मिनेटमा गरेका थिए । त्यस्तै युनाइटेडको जितमा जेस्से लिंगार्ड र एन्थोनी मार्सियलले एक/एक गोल गरेका थिए भने लास्कका लागि भने एक गोल फिलिप विएसिंगरले गरेका थिए ।