हेटौंडा – हेटौंडा उपमहानगरपालिका ९ स्थित श्रीकृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलको प्रिन्सिपलमा दुर्गा प्रसाद भट्टराई नियुक्ति हुनु भएको छ । संचालक समितिको बैठकले आईतबार नयाँ प्रिन्सिपलको रूपमा लामो समयदेखि शिक्षा क्षेत्रमा रहनु भएका भट्टराइलाई नियुक्ति गरेको हो ।

प्रिन्सिपलमा नियुक्ति हुनु भएका भट्टराइले आज नै पदभार सम्हाल्नु भएको छ । यसअघि श्रीकृष्णको प्रिन्सिपल एवम् सञ्चालक नविन केसी रहनु भएको थियो । विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार ल्याउने उदेश्यका साथ प्रिन्सीपलको जिम्मेवारीमा भट्टराइलाई भित्रयाईएको सञ्चालक केसीले बताउनुभयो । लामो समय शिक्षा क्षेत्रमा रहेर काम गर्दै आउनु भएका भट्टराईको जिम्मेवारीले शिक्षा क्षेत्रमा फड्को मार्ने अपेक्षा राखेको उहाँले बताउनुभयो । कक्षा १० सम्म अध्यापन हुने उक्त विद्यालयमा ६ सय जना विद्यार्थीहरु अध्ययरत छन् ।