मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सभ्य समाज निर्माणमा विद्यालयको भुमिका महत्वपुण हुने बताउनुभएको छ । हेटौंडा–५ स्थित सिद्धार्थ सदन बोर्डिङ स्कुलको ४० औं अभिभावक भेलाको उद्घनटन गर्दै प्रमुख खुलालले समाज प्रति कर्तव्यनिष्ठ र उत्तरदायी बनाउन शिक्षाको महत्वपुर्ण भुमिका हुने बताउनुभएको हो ।

मानिसलाई बाँच्नको लागि गाँस, बास र कपासको आवश्यकता परे जस्तै उसलाई अझ सभ्य, कर्तव्यनिष्ठ र उत्तरदायी बनाउन शिक्षा आवश्यक पर्ने उहाँले बताउनुभयो । समृद्ध राष्ट्र निर्माणका लागि देशको विकास आवश्यक रहेको र देशको चौतर्फी विकास र समुन्नत विकासको लागि शिक्षा अत्यावश्यक पूर्वाधार भएको उहाँको भनाई थियो ।

नेपालको शैक्षिक गुणस्तर बढाउन निजि विद्यालयको योगदान अुतलनिय रहेको प्रमुख खुलालले बताउनुभयो । पछिललो समय निजि विद्यालयहरुमा केहि समस्या जस्तो देखिएको भन्दै उहाँले देश नयाँ संरचनामा गएकाले कृहि समस्या देखिएको र यसको समाधान हुँदै जाने बताउनुभयो । निजि विद्यालयका समस्यालाई संवोधन गर्नका लागि संवन्धित निकायसंग छलफल गर्नुपर्ने उहाँको भनाई थियो ।

विद्यालयका प्राचार्य निर्मल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष नवराज अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सुवेदी, प्याबसन नेपालकी केन्द्रिय कोषध्यक्ष ग्रेस श्रेष्ठ, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, प्याबसन मकवानपुरका कार्यबाहक अध्यक्ष बिनोद सुवेदी, प्याबसन नगर अध्यक्ष राजकुमार नहर्की, पत्रकार सुरेश श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा कक्षा गत रुपमा प्रथम, द्धितीय, तृतीय हुने विद्यार्थी तथा २०७५ सालको एसइइमा उत्कृष्ट हुने विद्यार्थी एवम् पुर्व विद्यार्थीहरुलाई सम्मान समेत गरिउको थियो ।