फाइल तस्विर

आज थप ४ सय ५१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जोगश्वर गौतमले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय १६ जना पुरुष र ३५ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्त प्रा. डा. गौतमले दिनुभएको जनाकारी अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना, नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा पर्साका १० र रौटहटका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका ५ जना, सेती अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका ३, कैलालीका २ र डोटीका ४ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ५, बर्दियाका १६ र प्युठानका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० र धनुषाका ४ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नुवाकोट र अर्घाखाँचीका ३–३ र चितवनका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ र रुपन्देहीका ५ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३, मोरङका २१ र झापाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८८ जना र सुर्खेतका १९ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ४ र काठमाडौका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका १ जना, किटजन्य रोग अन्वेषण तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा रौटहटका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका ९ र काठमाडौका १ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा ललितपुरका ३ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र कपिलवस्तुका १–१, गुल्मीका ७, महोत्तरी र पाल्पाका १०–१०, रौतहटका ७६, रुपन्देहीका ७, सर्लाहीका २३ र सिराहाका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जनकारी दिनुभयो ।

नेपालमा हाल सम्म ७३ जिल्लाका ५ हजार ७ सय ४० जना पुरुष र ४ सय ७१ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप ६७ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हाल सम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या १ हजार ४१ पुगेको छ ।

आज कोरोना विशेष अस्पताल जनकपुरबाट २४, पाटन अस्पताल ललितपुरबाट ४, युनिफाईड कोभिड १९ अस्पताल बलब्बुबाट २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट २, कलैया अस्पताल बाराबाट ६, साईकृष्ण आईसोलेसन सप्तरीबाट १७, कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट १२ जना संक्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ६० जना पुरुष र ७ जना महिला संक्रमण मुक्त भएका छन् भने हाल सम्म जम्मा ९ सय ३७ जना पुरुष र १ सय ४ जना महिला कोरोना संक्रमण मुक्त भएका छन् ।

देशका विभिन्न प्रयोगशालाहरुमा गरी हाल सम्म जम्मा १ लाख ३८ हजार ६ सय ८३ जनाको पिसीआर तथा २ लाख १९ हजार ३ सय ३६ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६ जनाको पिसीआर तथा ८ हजार ६ सय १५ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् भने विभिन्न आईसोलेसन स्थलहरुमा ५ हजार १ सय ५१ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।