मकवानपुर – मकवानपुरको मकवानपुरगढि गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उमेदवार दोर्जे लामा बिजयी हुनु भएको छ । गठबन्धन (नेपाली कांग्रेस) तर्फबाट उम्मेदवार बन्नु भएका लामाले ६७०६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विदुर हुमागाईले ५६४५ मत प्राप्त गर्नुभयो । लामा निवर्तमान गाउँपालिका अध्यक्ष हुमागाईसंग १०६१ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट (नेकपा माओवादी) की मान कुमारी नेपाली विजयी हुनु भएको छ । नेपालीले नेकपा एमालेका उम्मेदवार सन्तु थिङको भन्दा ९०६ मत बढि प्राप्त गरि बिजयी हुनु भएको हो । नेपालीले ६११० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५२०४ मत प्राप्त गर्नु भएको थियो ।











