चितवन – नेसनल रग्बी च्याम्पियनसिप–२०२२ मा मकवानपुरको पुरुष टोली सेमिफाईनलमा प्रवेश गरेको छ । चितवनमा जारी यु–२० (बीस बर्ष मुनि) च्याम्पियनसिप प्रतियोगितामा वाई पाउँदै अगाडी बढेको मकवानपुर टोली काठमाडौको हिमालयन टाईगर रग्बी क्लबलाई हराउदै सेमिफाईलनको यात्रा तय गरेको हो ।
मकवानपुरले सेमिफाईनलमा चितवन रग्बी संघसङ प्रतिस्पर्धा गर्दैछ । मकवानपुरबाट महिला र पुरुष गरि २४ सदस्यीय टोली शुक्रबार हिजो चितवन गएको हो । प्रतियोगितामा रग्बी महिला टिम आफ्नो दुबै खेल गुमाउदै प्रतिस्पर्धाबाट बाहिरिएको छ । प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता नेपाल रग्बी संघको आयोजनामा भैरहेको छ ।











