हेटौैंडा । नयाँ कार्यसमितिले औपचारिक रुपमा काम थाल्नु अघिल्लो दिन नेपाली कांग्रेसबाट वागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए । प्रदेश मन्त्री छान्दा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई सम्झिए, मन्त्रीमा भाग दिए । पौडेलको सिफारिशमा बलराम पौडेल भूमि व्यवस्था र सिंहको सिफारिशमा दीपेन्द्र श्रेष्ठलाई संस्कृति मन्त्री बनाए । तर सभापतिमा ४० प्रतिशत मत पाएका डा। शेखर कोइरालासँग परामर्श गर्न आवश्यक छानेनन् । दोस्रो चरणको मतदानमा विजयी भएपछि डा। शेखरले फोन मार्फत बधाई दिएका थिए । त्यसयता दुई नेताबीच कुनै सम्वाद भएको छैन ।
आफ्नो समूहले पाएको मत ९४० प्रतिशत० का आधारमा भागबण्डा नखोज्ने डा। शेखर र उनको टिमको प्रष्ट मत छ । त्यसैले मन्त्री नियुक्तिमा चासो नराख्नु अस्वाभाविक होइन । तर उपसभापति, महामन्त्री र सहमहामन्त्री समेत निर्वाचित भएको समूहका नेताका रुपमा शेखरसँग सभापतिले परामर्श गर्नुपर्ने नेताहरु बताउँछन् । देउवाले भने शेखर होइन, रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहहरुसँग सहकार्य गर्ने संकेत गरेका छन् ।
पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि शुक्रबार भएको नेताहरुसँग भएको छलफलमा पनि उनले त्यही छनक दिएका छन् । कांग्रेसको निर्वाचन समितिले नयाँ कार्यसमिति सदस्यहरुलाई भोलि ११ बजे निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम राखेको छ । दिउँसो १ बजे पहिलो बैठक बस्नेछ । त्यसको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुले शुक्रबार सभापति, उपसभापति र महामन्त्रीहरुसँग छलफल गरेका थिए ।
छलफलका क्रममा सभापति देउवाले भोलि नै केही नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने संकेत गरेका छन् । उनको सूचीमा उम्मेदवारहरु, जसले दोस्रो चरणमा समर्थन गरेका थिए, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन् । यस्तै रामचन्द्र पौडेल, कृष्ण सिटौला र आफ्नो प्यालनलबाट महामन्त्री लडेर पराजित भएका डा। प्रकाशशरण महत छन् । निकटवर्ती स्रोतका अनुसार सभापति देउवाले पौडेललाई दोस्रो वरियतामा राखेर वरिष्ठ नेता बनाउने सम्भावना बलियो छ ।
पर्ख र हेरको रणनीतिमा शेखर
नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकको अघिल्लो दिन डा शेखरले पनि आफ्नो समूहका नेताहरुसँग छलफल गरेका थिए । पदाधिकारीमा निर्वाचित मात्र होइन, उम्मेदवार रहेका नेताहरुलाई समेत बोलाएका छलफल गरेका उनले छिट्टै आफ्नो प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार भएकाहरुसँग परामर्श गर्ने योजना छ । एक सहभागीका अनुसार डा. शेखर मात्र होइन, सबै नेताहरू ४० प्रतिशत मतका आधारमा भाग नखोज्ने सार्वजनिक प्रतिबद्धतामा कायमै देखिएका छन् । आम चुनावमा केन्द्रित हुने, सभापतिबारे सार्वजनिक रुपमा नकारात्मक टीका टिप्पणी नगर्ने र मद्दत नै गरेर जाने नेताहरुले बताएका छन् ।
तर आफूहरुले प्रतिनिधित्व गरेको विचार समूहको भावना सम्बोधन नगरे संघर्ष गर्न पछि नपर्ने नेताहरुले बताएका छन् । सभापतिमा ४० प्रतिशत मत आएको भए पनि केन्द्रीय सदस्य कम भएकाले पनि डा। शेखरलाई नेताका रुपमा स्वीकार नगरेको हुनसक्ने कतिपयको बुझाइ छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘सभापतिजी यसरी नै अघि बढ्नुभयो भने भोलिका दिनमा पार्टीमा समस्या आउन सक्छ ।’
अनलाइनखवरबाट साभार ।