मकवानपुर–हेटौंडामा शुक्रबार साँझ ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौंडा–१८ भोर्लेमा शुक्रबार साँझ ट्याक्टले ठक्कर दिँद पैदल यात्री हेटौंडा–१७ की शर्मिला विश्वकर्माको मृत्यु भएको हो ।
हटियाबाट धरान चतरा सडकखण्डतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको २९२६ नम्बरको ट्याक्टले ठक्कर दिँदा विश्वकर्माको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्याकटर चालक फरार रहेका र खोजी कार्य भइरहेको तथा टयाकटर भने प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।