file photo

हेटौंडा – मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई फरक–फरक स्थानबाट प्रहरीले पक्राउ गरेको होे । जिल्ला अदालत मकवानपुरको फैसलाले लागुऔषध गाँजा मुद्दामा ९ महिना ४ दिन कैद भुक्तानी नगरी फरार रहेका फरार प्रतिवादी मकवानपुरको साबिक डाँडाखर्क गाबिस वडा नम्बर ४ का चित्रबहादुर थिङ पक्राउ गरेका हुन् । उनलाई प्रहरीले सोमबार हेटौंडा–१० बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले विविध मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी हेटौंडा–९ अभिषेक लामा ध्यावालाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मङ्गलबार हेटौंडा–९ बाट पक्राउ गरेको हो । लामालाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोे छ ।