‘कोडा’ यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । स्ट्रि मिङ प्लेटर्फम एप्पल फिल्मसले निर्माण गरेको फिल्मले ओस्कारको ९४ औं संस्करणमा बाजी मार्‍यो । नेपाली समयानुसार अमेरिकाको लस एन्जल्समा सोमबार बिहान आयोजित समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको छ । कोरोना महामारीपछि रेडकार्पेटसहित भौतिक रुपमै ओस्कारलाई भव्य रुपमा आयोजना गरिएको हो । हलिउड स्टारहरुले रेडकार्पेट खचाखच रह्यो ।


‘ड्युन’ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । सर्वाधिक १२ विधामा मनोनयन भएको ‘द पावर अफ दी डग’ले निर्देशन विधामा समेत जित्न सक्यो । निर्देशक क्याम्पेन ओस्कार जित्ने तेस्रो महिला समेत बनिन् । बियोन्से, बाइल्ली एलिस, फिनीस, रेबा म्याकइन्टाएरजस्ता विश्वचर्चित गायिकाले ओस्कारको मञ्चबाट सांगीतिक प्रस्तुति दिए । यस वर्ष नेटफ्लिक्स फिल्म ‘द पावर अफ दी डग’ सर्वाधिक १२ विधामा मनोनयन भएको थियो । ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधा यसपटक समावेश गरियो । निकै विवादित मानिएको यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए । अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट भएसँगै जापानले १४ वर्षपछि ओस्कार जित्यो । ‘वेस्ट साइड स्टोरी’बाट सहअभिनेत्रीमा उत्कृष्ट बनेसँगै एरियाना डिवोस ओस्कार जित्ने पहिलो समलिंगी महिला बनिन् । रुसी आक्रमणको विरोधमा युक्रेनलाई समर्थन गर्न समारोहमा एक मिनेट मौनधारण समेत गरियो । हलिउडले यसअघि नै रुसी फिल्म र त्यहाँ हुने प्रदर्शनलाई बहिष्कार गरेको अवस्था छ । सहअभिनेता विधामा जितेका ‘कोडा’ अभिनेता ट्रोइ कोत्सर ओस्कार इतिहासमै दोस्रो बहिरा अभिनेता बने । आफ्नी पत्नीको खौरिएको कपालबारे व्यंग्य गरेको भन्दै अभिनेता विल स्मिथले होस्ट रहेका क्रिस रकलाई स्टेजमै चढेर झापड समेत हानेका थिए । एबीसी टीभीले यो घटनालाई लाइभ समेत गरिरहेको थियो । स्मिथले उत्कृष्ट अभिनेताको रुपमा पहिलो ओस्कार पनि जिते ।अनलाइनखबरबाट