हेटाैंडा – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री, नेकपा एमाले केन्द्रिय सदस्य, बागमती प्रदेशका सहइन्चार्ज, नगरपालिका संघका इन्चार्ज डोरमणि पौडेलको हेटौंडामा शुक्रबार सम्पर्क कार्यालय तथा सचिवालयको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा ४ नम्बर स्थित थाहा चोकमा निर्वतमान मुख्यमन्त्री पौडैलले कार्यालय तथा सचिवालयको उद्धघाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले जनतालाई सहज रुपमा भेट्न र जनतालाई परेको समस्या प्रति उत्तरदायी बन्न सम्पर्क कार्यलय स्थापना गरेको बताउनुभयो । मकवानपुर क्षेत्र नम्बर १(२) का प्रदेश सभा सदस्य समेत रहनुभएका पौडेलले नियमित भेटघाट अब सम्पर्क कार्यालयमा हुने समेत बताउनुभयो । उक्त अवसरमा बागमती प्रदेशका सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेप्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले केन्द्रिय सदस्य रामेश्वर राना, जिल्ला अध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, उपसचिव लालबहादुर थापा, प्रदेश युवा परिषद उपाध्यक्ष सन्तोष चौलागाईं, हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरु नवीन सिग्देल,लक्ष्मण भण्डारी, दिपक खड्का, किताप सिंह लामालगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।