मकवानपुर – बागमति प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक दिउँसो २ बजेका लागि आव्हान भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७÷०७८ को बार्षिक प्रतिवेदन पेश गर्नु हुने छ । यस्तै, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्नु हुने कार्यसुचि रहेको छ ।
त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८÷७९ पेश गर्नु हुनेछ । बागमति प्रदेश सभाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम गत जेठ १९ गते पास गरेको थियो । भने, बागमति प्रदेश सरकारले प्रदेशको बजेट भोली बुधबार अपरान्ह ४ बजे प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।