हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकामा लक्षित समुहलाई तोकेर संघीय सरकारले पठाएको पोषिलो पिठो तोकिएका समुदायलाई वितरण गरेर बाँकी रहेको र कोरोना संक्रमणको जोखिम भएकाले फेरी वितरण गर्न म्याद गुज्रीएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै पोषिलो पीठो वितरण गर्ने मनसाय हुँदा हुँदै पनि कोरोना संक्रमण वढेपछी वितरणमा समस्या भएको जनाएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिसचन्द्र सापकोटा र स्वास्थ्य साखा प्रमुख टिकाराम अधिकारीले पत्रकार सम्मेलन गर्दै बाँकी रहेको पोषिलो पिठो कोरोनाका कारण वितरण गर्न ढिलाई हुँदा म्याद गुज्रिएको वताउनुभयो । योङ कस्युनिष्ट लिग नेपाल मनहरी गाउँ कमिटी तथा तरुण दल मनहरीले गत साउन २४ गते म्याद गुजारेर पोषिलो पिठो गाउँपालिकाले राखेको भन्दै विरोध जनाएको थियो । पोषिलो पिठो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाक्षासा बाट मनहरीका चेपाङ जातिको ६ देखि २३ महिनासम्मका वालबालिका र गर्भवती महिलाहरुका लागि पठाइएको थियो । ७ महिना भित्रका सुत्केरी महलाहरूको पोषण स्थिति सुधारको लागि प्राप्त भएको पोषिलो पिठो लक्षित समुहलाई वितरण गरि बाँकी रहेको स्वास्थ्य साखाका प्रमुख अधिकारीले वताउनुभयो ।
एक सय ६९ वटा बोरामा एक हजार ६ सय ९० प्याकेट पोषिलो पीठो गाउँपालिकालाई प्राप्त भएको थियो । स्वास्थ्य सेवा बिभाग बाट प्राप्त निर्देशिका अनुसार एक सय ३६ जना चेपाङ र एक सय ४१ जना जनतातीका बालबालिका र सुत्केरी महिला समेतलाई वितरण गरिएको उहाँले वताउनुभयो । मनहरीका २४ जना गर्भवती तथा ६ महिना भित्रका सुत्केरी महिला, १ जना ४१ जना कुपोषित बालबालिक अन्य जातिका र पहिचान भएका लक्षित समुहका चेपाङ ६ देखि २३ महिना भित्रकालाई जम्मा १ हजार २ सय ८६ प्याकेट पोशिलो पिठो बितरण गरिएको उहाँले वताउनुभयो । लक्षित समुहकालाई ३ पटक सम्म बितरण गरिएको थियो । भण्डारण बाँकी रहेको स्याद गुज्रेको ३९ बोरा पोषिलो पिठो नियमातुसार मुचुल्का गरि उचित व्यवस्थापन समेत गरिएको गाउँपालिकाले जनाएको छ ।