file photo

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा यहि असोज १५ गतेबाट सेवेन ए साईड फ्टबल प्रतियोगिता आयोजना हुने भएको छ । मकवानपुर बेरोजगार युवा संगठनको आयोजना, एवम् ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिको बिशेष सहयोगमा ९ नम्बर वडा अन्तरगत चौथो टोल विकास स्तरीय तेस्रो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३० हजार र सान्त्वना अर्थात तेस्रो हुनेले १५ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश बेरोजगारले जानकारी दिनुभयो । टिम दर्ता शुल्क दुई हजार तोकिएको बताउँदै अध्यक्ष बेरोजगारले टिम दर्ता आगामी १२ गतेसम्म गरी सक्नु पर्ने र १२ गते बेलुका ४ बजे टाईसीट खोलिने बताउनुभयो । स्थानीय स्तरमा युवा खेलाडी उत्पादन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजन ागर्न लागेको उहाँले बताउनुभयो ।