सुनको मुल्य आज चार सय रुपैयाँले घटेको छ। आज सुनको मुल्य तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।