मकवानपुर – मकवानपुरमा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको तेस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलेको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।

साधारण सभाको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि पौडेलले मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउनु पर्ने बताउनुभयो । संस्थाले छोटो समयमा निकै नै राम्रा कामहरु गरेको भन्दै उहाँले यसलाई थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले शिक्षा पाउने सबै बालबालिकाको नैसर्गीक अधिकार भएपनि कति पय अवस्थामा थ्यस्ता बालवालिकाहरु अधिकारबाट बञ्चित भईरहेको हुँदा त्यस्ता बालबालिकाको अधिकार स्थापित गर्न र शैक्षिक कृयाकलापमा जोड्न संस्थाले योगदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष खुलालले शिक्षाको अवसरबाट बन्चित विपन्न, असहाय, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई न्युनतम शिक्षाको अवसर दिलाउने उदेश्यका साथ संस्था अगाडी बढेको बताउनुहुँदै सबैलाई संस्थामा योगदान गर्न आग्रह गर्नुभयो । उहाँले संस्थालाई नुमुना संस्थाको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । साधारण सभामा संस्थाका सचिव बद्रीबहादु पाठकले हालसम्म हालसम्म संस्थागत १७, विशिष्ट ९, आजिवन ६८ र साधारण १८ गरि कुल ११२ जना सदस्यहरु आवद्ध हुनुभएको जानकारी दिनुभयो ।
यस्तै संस्थाका कोषध्यक्ष रामकृष्ण थापाले हालसम्म संस्थामा कुल १२ लाख ६२ हजार २९२ रुपैया जम्मा भएको जानकारी दिनुभयो । साधारणसभाकै अवसरमा संस्थाको कार्यविधि अनुसारका ११ जनालाई यो वर्ष छात्रबृति समेत उपलब्ध गराईएको थियो । साधारणसभामा जिसस उपप्रमुख भगवती पुडासैनीलगायत संस्थाका सदस्यहरु, तथा विभिन्न शैक्षिक क्षेत्रका सरोकारबालाहरुको उपस्थिती थियो ।














