मकवानपुर – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले समाज रुपान्तरणका लागि नागरिकमा सचेतना अभिबृद्धि आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा–९, मा आयोजित कोरोना तथा लागु औषध दुव्र्यसनी र घरेलु फोहर मैला व्यवस्थापन सम्बन्धी सचेतना मुलक सडक नाटकको उद्घाटन गर्नुहुँदै पौडेलले समाज परिर्वतनका लागि चेतना अभिबृद्धि आवश्यक रहेको बताउनुभएको हो ।

No description available.

प्रथम मुख्यमन्त्री पौडेलले जबसम्म समाजमा चेतना बढ्दैन तब सम्म बिकास सम्भब नरहेको बताउनुभयो । ९ नम्बर वडा कार्यालयले समसायिक विषयमा सडक नाटक मार्फत सचेतना अभिबृद्धि गर्ने प्रयास गरेको कार्य उत्कृष्ट भएको उहाँको भनाई थियो । उहाँले संघियता कार्यान्वयन पछि जनप्रतिनिधि मार्फत ९ नम्बर वडालगायत देशकै मुहार फेरीएको समेत बताउनुभयो । असल प्रतिनिधि हुदा परिवर्तन सम्भब भएको उहाँको भनाई थियो । तर, पछिल्लो समय गठबन्धन सरकारका कारण विकास निर्माणका कार्य ठप्प भएको उहाँले बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको संकल्प पुरा गर्न एमालेले मात्र सम्भव भएको कुरा प्रष्ट भएको समेत बताउनुभयो । पौडेलले अहिलेको प्रदेशको नेतृत्व स्वर्थमा लिप्त भएको भन्दै सबै कुरा ठप्प पारेर जनतालाई निरास तुल्याएको बताउनभयो ।

No description available.

९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो । ९ नम्बर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समितिको समन्वयमा अस्मिता नेपालले सडक नाटक प्रस्तुत गरेको हो । नाटक वडाका विभिन्न १२ स्थानमा प्रस्तुत हुने छ ।