काठमाडौँ – नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । एमालेको आज बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीम रावल, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहनुभएको अध्यक्ष मण्डल गठन गरेको हो । एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनमा माइन्युट कमिटीका लागि सचिव पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सूर्य थापा, मनोजजङ्ग थापा, विष्णु रिजाल, ठाकुर गैह्रे, गोविन्द नेपाली र ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको छ ।











