मकवानपुर – मकवानपुरमा शुक्रबार थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०९ जनामा पिसिआर र ३३ जनामा एन्टिजेन गरि १४२ जनामा परिक्षण गर्दा क्रमश ५० र ५ जना गरि ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४ हजार ६ सय ७४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमणमुक्त भएका छन् । संक्रमित भई होमआइसोलेसन र संस्थागत आइसोलेसनमा उपचाररत ६÷६ जना गरि १२ जना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा संक्रमणमुक्त हुनेको संख्या १४ हजार २ सय ३७ पुगेको छ । जिल्लामा हाल २ सय ३६ जना सक्रिय संक्रमित मध्ये २११ जना होम आइसोलेसनमा र २५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा हालसम्म एक लाख ९ हजार ७३५ जनाले कोरोना भाइरसको पहिलो मात्रा र ७५ हजार ६७७ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । कोरोनाकै कारण मकवानपुरमा हालसम्म १ सय ६० जनाको मृत्यु भएको छ ।