मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्धारा शुक्रबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको विभिन्न आयोजनाहरूकाे अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको अनुगमन टोलीले चालु आर्थिक वर्षमा गाउँपालिकाद्धारा सम्पादित आयोजनाहरुको अनुगमन गरिएको हो ।

No description available.

अनुगमन टोलीले संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाकै लगानीमा सञ्चालित आयोजना तथा जिल्ला समन्वय समितिको मौजदात कोषको रकमबाट निर्माणाधिन योजनाहरुको अनुगमन गरेको हो । अनुगमन टोलीले गाउँपालिकामा निर्माणधीन सामुदायिक भवन, विद्यालय भवन, नदि नियन्त्रण (तटबन्धन), १५ शैयाको अस्पताल भवन, कृषि फार्म, बेलीब्रीज, निर्माणधीन पुलहरु, दाना उद्योग, झोलुङ्गे पुलको अनुगमन गर्नुका साथै गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन सेन्टरको समेत अनुगमन गरिएको थियो ।

No description available.

अनुगमनका क्रममा जिसस प्रमुख खुलालले गाउँपालकाकाले गरेका कामहरु देखिन थालेको बताउनुभयो । सो अवसरमा उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका अधुरा योजना तथा कोभिड–१९ को प्रभावलाई न्युनिकरण गर्ने र रोजगार लक्षित बजेट निर्माण गर्न सुझाव समेत दिनुभयो । अनुगमन टोलीमा समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.