मकवानपुर– मकवानपुरगढी गाउँपालिकामा १ करोड बढीको पुलको आज शिलान्यास गरिएको छ । सामरी खोला स्थित वडा नम्बर ६ र ३ जोड्ने पुलको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले शिलान्यास गर्नुभएको हो ।
बागमती प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष हुमागाईले बताउनुभएको छ । १ करोड ८० लाख स्टीमेट रहेको पुल ठेक्का प्रकृया मार्फत १ करोड ८ लाख लगानीमा निर्माण हुन लागेको उहाँले बताउनुभयो । शिलान्यास कार्यक्रममा दुवै वडाका वडाअध्यक्ष तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।