मकवानपुर– मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आज झोलुङ्गेपुलको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले ११९ मिटर लामो पुलको शिलान्यास गर्नुभएको हो ।
मकवानपुरगढी गाउँपालिका–५ को कालिबनबाट वडा नम्बर ४ को वाईवाडाँडा जोड्ने पुलको निर्माणा कार्य सुरू गनर् लागिएकाे गाउँपालिका अध्यक्ष हुमागाईले जानकारी दिनुभएकाे छ । राडो नेपालको सहयोग र गाउँपालिकाको पहलमा पुल बन्न लागेको उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण जारी लकडाउनका कारण रोकिएको निर्माण कार्य सुरक्षा सर्तकता अपनाएर सुचारु गर्न लागिएको अध्यक्ष हुमागाईले बताउनुभयाे । अध्यक्ष हुमागाईले अन्य योजनाहरु समेत सामाजिक दुरि कायम गरेर स्वास्थ्य सुरक्षा अपनाएर सुचारु गर्न आग्रह गर्नुभएको छ । शिलान्यास कार्यक्रममा ४ र ५ नम्बर वडाअध्यक्षहरु, कार्यपालिका सद्स्यहरु, वडासदस्यहरुलगायत स्थानिय हरुको उपस्थिति रहेको थियो ।