काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षती पुर्‍याएका सांस्कृतिक सम्पदाहरूको ६६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ । 
 मूलकभरका ३१ जिल्लाका ९ सय ३० भन्दा संस्कृतिक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भएको  र काठमाडौं उपत्यकाका मात्रै ८० प्रतिशत सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको पुरातत्त्व विभागले जनाएकाे छ ।
विश्व सम्पदा सूचीमा परेका अधिकांश सांस्कृतिक सम्पदाहरू पुनर्निर्माण गर्दा पुरानै शैली र प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले अरू निर्माणभन्दा ढिला भएको  पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । 
हालसम्म सांस्कृतिक महत्त्व बोकेका काठमाडौं, स्वयम्भू, तलेजु भवानी , पाटन  कृष्ण मन्दिर, पलान्चोक भगवती,   गोरखाको मनकामना मन्दिरलगायतका सांस्कृतिक सम्पदाको पुनर्निर्माण भइसकेका छन् ।