सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको चौतारामा हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय मेयर कप तोप २१ को आयोजनामा मंसिर २१ गतेबाट व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय स्तरीय मेन्स सिंगल विजेतालाई एक लाख एघार हजार एक सय ११ रुपैयाँ पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, जिल्ला स्तरीय मेन्स डबल विजेतालाई ४० हजार रुपैयाँ नगद र उपविजेतालाई ३० हजार नगद प्रदान गरिने र जिल्ला स्तरीय मेन्स सिंगलको विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार रुपैयाँले पुरस्कार प्रदान गरिने नगरले जनाएको छ । पहिलो चरणमा सिन्धुपाल्चोक जिल्ला स्तरीय मेन्स सिंगल र मेन्स डबल तथा दोस्रो चरणमा राष्ट्रिय मेन्स सिंगल खेल सञ्चालन हुनेछ ।