निशा गुरुङ/हेटौंडा

हेटौंडा कांग्रेस नेता आनन्दराम पराजुलीलाई कोरोना भएर साढे दुई महिना भईसक्दा पनि कोरोना बिमा प्राप्त गर्न सकेका छैनन । कारोना निको भएर पनि उनी आफनो कार्यमा फर्किसकेका छन् । उनले कोरोना बिमाको रकम आउने भनेपछि कोरोना बिमा बराबरको १ लाख रकम विभिन्न संघ सस्थालाई सहयोग गरिसकेका पनि छन् तर बिमा रकम भने आउन निकै ढिला भएको छ ।
उनले सिखर लाईफ ईन्सोरेन्सबाट बिमा गरेका थिए । बिमा कम्पनीमा बुझदा आफुहरुलाई पनि थाहा नभएको ईन्सोरेन्सका प्रबन्धकहरु बताउँछन् । रकम बिमा समितिहरुले रोकिरहेको हुदा हेड अफिसमा नै बुझनुपर्ने सिखर ईन्सोरेन्सका प्रबन्धकले बताए ।
त्यस्तै हेटौंडाका राजकुमार गौतम र उनकी श्रीमतीले पनि एन.एल.जी ईन्सोरेन्सबाट बिमा गरेका थिए । उनीहरु कोरोना मुक्त भएको पनि २ महिना बढि भईसक्यो तर बिमा भने पाउन सकेका छैनन ।
त्यस्तै कारोना संक्रमण भएर २ महिना बितिसक्दा पनि बिमा रकम नपाएकी हेटौंडाकी पत्रकार कुमारी स्याङ्बो पनि हुन् । उनको पत्रकार महासंघ बागमति प्रदेशबाट युनाईटेड ईन्सोरेन्समा बिमा गरिएको थियो । उनले बिमा कम्पनीमा पटक पटक सम्पर्क गर्दा दुई चार दिनमा भइहाल्छ भन्दै टार्ने गरेको हुदा अहिले आश मरिसकेको र सम्पर्क पनि गर्न नखोजिएको उनले वताइन ।
त्यस्तै एभरेष्ट लाईफ ईन्सोरेन्समा पनि बिमाको बारेमा बुझदा शाखाका प्रबन्धकले आफुहरुले कागज पत्र मात्रै हेटौंडाबाट सिफारिस गरिदिने बाँकी सबै काम हेड अफिसबाट नै हेर्ने हुदाँ आफुहरुलाई कुनै जानकारी नभएको बताए । हेटौंडाका प्रडुन्सीएल ईन्सोरेन्सका प्रबन्धक पनि बिमाको रकम अन्यौलमा रहेको बताउँछन् । बिमा गर्ने बढेको बढयै र भुक्तानी रकमको टुगों नभएपछि आफुहरुले कोरोना बिमा गर्न नै छाडेको उनले बताए । जतिको बिमा भयो उनीहरुले बिमा रकम त पाउँछन् तर कहिल्यै पाउँछन आफुहरुलाई पनि जानकारी नभएको उनले सुनाए । मन्त्रालयबाट नै रोकेको हुदा बिमा भुक्तानी पाउन ढिला भएको उनको भनाई छ । जबकी हेटौंडाका विमितहरुले हेटौंडामा नै बिमा रकम पाईन्छ भनेर बिमा गरेको हुन्छ पैसा लिने बेलामा शाखाबाट लिने र दिनुपर्दा हेड अफिसमा बुझनु पर्छ भन्दै शाखा अफिसहरु टार्दै गरेको देखिन्छ । पटक पटक सम्पर्क गर्दा पनि बिमा ईन्सोरेन्सहरु सम्पर्कमा नै नआउने गरेको पनि देखिएको छ ।
कोरोना संक्रमित भएका करिब ९० प्रतिशत बिमितले भुक्तानी पाएका छैनन् । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दावी भुक्तानी नपाएका अधिकांश हेटौंडाका विमितहरुले विमा रकम पाउने आश मारिसकेका छन । विमा कम्पनीप्रति विश्वास टुटदै गएको छ । उनीहरुको एउटै प्रश्न बिमा भुक्तानी कहिले पाईन्छ ? कोरोना बिमा मापदण्ड ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिन भित्र भुक्तनाी पाईसक्नुपर्ने प्रावधान छ । तर अनेक बहानामा बिमा कम्पनीहरुले भुक्तानी दिन आनाकानी गरेका छन् । केही बिमा कम्पनीले बिरामी बिमित निको भएको रिपोर्ट चाहियो भनेर पनि दाबी भुक्तानी रोकेका छन् । जब कि बिमा दाबीमा चाहिने कोरोना पोजेटिभ हो । नेगेटिभ रिर्पोट चाँहिने व्यवस्था मापदण्डमा छैन । यही कारण अनेक बहाना झिकेर कम्पनीले दावी भुक्तानी नदिएको जानकारहरुको भनाई छ ।