मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालीका स्थित भीमफेदी कारागारका ३५५ कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षेत्रीय कारागारमा रहेका ९ सय ७० जना कैदीहरुमा एन्टीजेन परिक्षण विधिद्धारा गरिएको परिक्षणमा ३५५ जना कैदीहरुमा कोरोना संक्रमण पुष्टि भएको भीमफेदी गाउँपालिकाका स्वास्थय संयोजक रामनाम थिङले जानकारी दिनुभयो ।
कारागारमा रहेका ब्लक “क” र ब्लक “ख” गरेर ९ सय ७० जना कैदीहरुमा एन्टीजेन परिक्षण गर्दा ३ सय ५५ जना कैदीहरुमा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । कोरोना पोजेटिभ देखिएको बन्दिहरुलाई स्वास्थ्य सावधानी अपनाई अलगै राखिएको छ । कारागारमा रहेका अधिकांस कैदीहरुलाई कोरोना खोप कोभिसिल्ड लगाईसकिएको भएपनि खोप लगाएका तथा नलगाएका दुबैलाई कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।