मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्धारमा स्पर्शरहित स्टेसन स्थापना गरिएको छ । उद्योगमा काम गर्ने मजदुर तथा औद्योगिक क्षेत्रमा प्रवेश गर्ने अन्य व्यक्तिले प्रयोग गर्न मिल्ने गरि हेटौंडाका सम्पुर्ण लायन्स तथा क्लबहरुको सहयोगमा हात धुने स्टेशन स्थापना गरिएको हो ।

स्टेशनको मंगलबार जिलला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो । स्टेसनको उद्घाटन गर्दै प्रमुख खुलाले कोरोना भाईरस हातको माध्यमबाट सर्ने सम्भावना बढी भएको हुनाले हातले धारा नै नछोई साबुनपानीले हात धुन मिल्ने प्रविधि निकै राम्रो भएको बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने सबैभन्दा प्रभावकारी उपाय साबुनले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुनु रहेको भन्दै औद्योगिक क्षेत्रमा दैनिक हजारौं व्यक्तिको आवतजावत हुने हुनाले मुल गेटमै यसको व्यवस्थापन गरेकोमा सम्पुर्ण लायन्स लियो कल्बहरुलाई धन्यवाद समेत दिनुभयो ।

बढी भिडभाड हुने तथा कोरोना भाईरसको जोखिम हुन सक्ने स्थानहरुमा स्पर्शरहित हात धुने स्टेसन स्थापना गरिएको लायन्स इन्टरनेष्नल ३२५ बि टु नेपालका प्रथम भाईस गर्भनर शम्भु नर्कमीले बताउनुभएको छ । उहाँले हाल सम्म हेटौंडाका विभिन्न ८ स्थानमा यस्तै प्रकृतिका धारा जडान गरिसकिएको समेत बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणको लहर रोक्न साबुनपानीले हात धुने कार्य एक अत्यावश्यक रोकथामको उपाय रहेकाले हातले धारा नछोई हात धुने प्रविधि जडान गरिएको उहाँले बताउनुभयो । लायन्स तथा लियो कल्बहरु आगामी दिनमा समेत निरन्तर सामाजिक कार्य गर्न तत्पर रहने समेत उहाँले बताउनुभएको छ ।