File photo

हेटौँडा । हेटौँडाबाट धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका दुईजना नेता पक्राउ परेका छन् । नेकपा बहुमतका मकवानपुर इञ्चार्ज ध्रुव खड्का ‘ध्रुव’ र सेक्रेटरी विक्रम राना ‘शक्ति’लाई प्रहरीले पक्राउ गरेको हो ।
निर्वाचन अवज्ञा गरौ भनेर पर्चा बाडिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन बहिस्कार अभियानमा लागेको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमतसहितका चार पार्टीको अभियानअन्तर्गत भित्ते लेखनक्रममा बहुमतका नेताहरुको गिरफ्तारी भएको नेकपा (क्रान्तिकारी माओवादी) ले जनाएको छ । पार्टीका सेक्रेटरी दिक्पालले प्रेस विज्ञप्ति जारी गर्दै दुवै नेतालाई सशर्त रिहा गर्न माग गर्नु भएको छ ।