मकवानपुर– मकवानपुरमा शुक्रबार चट्याङ लागेर ३ जना घाईते भएका छन् । शुक्रबार साँझ हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिका–२ बरायोटारमा ३ जना घाइते भएका हुन् ।
स्थानीय ४४ वर्षीय ठाकुर नेगीको घरमा चट्याङ पर्दा नेगीसहित अन्य २ जना घाइते घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । चट्याङ लागेरै स्थानीय ४० वर्षीय अविनाश मुक्तान र ३७ वर्षीय मिलन लो पनि घाइते भएको अध्यक्ष मल्लले बताउनुभयो । चट्याङका कारण उनीहरुलाई सामान्य चोट लागेको र उपचारको लागि राक्सिराङ गाउँपालिकाको स्वास्थ्य टोली पठाइएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । चट्याङबाट नेगीको घरमा सामान्य क्षति हुनुका साथै ३ वटा बाख्रा मरेको समेत उहाँले बताउनुभयो ।