मकवानपुर–कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनमा स्थानीय तहहरुले मनलाग्दी रुपमा राहत वितरण गरिरहेको अवस्थामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले व्यवस्थित तरीका अपनाएको छ । वडा कार्यालयले टोल स्तरीय पाट्री, टोल विकास संस्था, वडा प्रहरी कार्यालय र वडका विभिन्न संघ÷संस्थाको समन्वयमा फरक शैली र पारदर्शी रुपमा राहत वितरण गरेको हो ।
वास्तविक प्रभावितको पहिचान समेत नगरी जथाभावी रुपमा राहत वितरण गरेर अरु स्थानीय तह आलोचित भइ रहँदा वडा नम्बर ९ ले नेपाल सरकारको मापदण्ड र उपमहानगरपालिकाको कार्यविधि अनुसार प्रभावितको तथ्याङ्क सङ्कलन गरेर वितरण गर्नुका साथै संकलित र वितरित राहतको विवरण तथा प्राप्त गर्ने व्यक्तिको नामावली समेत सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाकै विभिन्न वडामा अव्यवस्थित रुपमा राहत वितरण भएको पाईएता पनि ९ नम्बर वडा कार्यालयले टोल विकास संस्था मार्फत घर÷घर मै पुगेर लगत संकलन तथा राहत वितरणको काम गरेको छ । “हामीले भिडभाड बढी नगर्न र पिडीतले राहत पाउँन भन्ने उदेश्यका साथ टोल विकास संस्थालाई जिम्मेवार बनाएर काम गरेका छौं र साे कार्यकाे अनुगमन गरेका छौं” वडा अध्यक्ष लक्षमण प्रसाद भण्डारीले भन्नुभयो । प्राप्त राहत सामग्री वडा कार्यालयमै प्याकिंग गरेर टाेल विकास वडा समन्वय समितीमा हस्तान्तरण गरेर टाेल विकास संस्था मार्फत घरघरमै सामग्री पुर्याएकाे हाैं उहाँले भन्नुभयाे ।
वडा कार्यालयले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित आफ्नो गाउँपालिका भित्र रहेका ३७३ घरपरिवारलाई दुई चरणमा गरेर राहत वितरण गरेको छ । टोल विकास संस्था मार्फत निवेदन माग गरेर प्रभावित घरपरिवारको तथ्याङ्क सङ्कलन भए पछि पहिलो चरणमा १८० र दोस्रो चरणमा १९३ जनालाई रहत वितरण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । पहिलो चरणमा विभिन्न दाताहरुवाट संकलन भएको राहत सामग्री
पहिलो र दोस्रो चरणमा गरि वडा कार्यालयले चामल १५ केजी, दाल २ केजी, तेल २ लिटर, साबुन ४ वटा, आयो नुन १ प्याकेटका दरले वितरण गरिएको उहाँले जानकारी दिनुभयो । साथै राहत वितरणमा परदर्शिताका लागि प्रतिवेदन समेत सार्वजनीक गर्ने गरेको उहाँले बताउनुभयो ।‘ हामीले सबैकाे सहयाेगमा एकै दिनमा वडा भरी २४ वटा टाेल विकास संस्था मार्फत राहत वितरणा गर्याै, भिडभाड पनि भएन अध्यक्ष भण्डारीले भन्नुभयाे’ । राहत वितरणमा सहयोग पु¥याउनु तथा राहत सामग्री प्रदान गर्नुहुने सम्पुर्णलाई वडा अध्यक्ष भण्डारीले धन्यवाद समेत दिनुभएको छ ।