हेटौंडा– मंगलबार देखि हेटाैंडाका सवै पसलहरु बिहान नौ वजेसम्म मात्र सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेकाे कमाण्ड पोष्टको बैठकले दिउसो वढी भिडभाड भएकाले विहान नौ वजे सम्म मात्र पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेकाे हाे ।

स्थानीय प्रशासनले किनमेलको बहानामा हेटौंडा बजारमा भीड बढेको भन्दै खाद्य सामग्री किनमेलको समय घटाएको हाे । अब किनमेलको समय बिहान ९ बजेसम्म मात्र तोकिएको छ । साेमबारकाे बैठकले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म किनमेल गर्न दिने निर्णय गरेपनि आजकाे बैठकले त्यसलाई परिवर्तन गरेकाे हाे । छिमेकी जिल्ला पर्साको वीरगन्जमा तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि मकवानपुरमा थप सावधानी अपनाइएको छ । यस अघि हिजाेकाे बैठकले मकवानपुरमा तराईका जिल्लाबाट आएका तरकारी ल्याउन र बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।