मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकामा लकडाउनको मौका छोपेर सार्वजनीक जग्गा अतिक्रमण भएको पाईएको छ । लकडाउनको मौका छोपि मनहरी गाउँपालिका वडा नम्बर ८ र ९ मा मध्यबर्ति क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा अतिक्रमण भएको पाईएको हो ।
जिल्लाका विभिन्न स्थानमा सार्वजनकि जग्गा अतिक्रमण भएको भन्ने गुनासाहरु आएपछि आईतबार विहान बसेको कमाण्ड पोष्ट बैठकले स्थानीय तहहरुलाई सार्वजनकि जग्गा अतिक्रमण हुन नदिन आवश्यक व्यवस्था मिलाउन तथा आवश्यक परेमा सुरक्षा निकायको समेत सहयोग लिएर अतिक्रमणकारीहरुलाई तत्काल हटाउन निर्णय समेत गरेको थियो । सोहि क्रममा आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, डिभिजन वन कार्यालयका प्रमुख लगायतले स्थलगत अनुगमन गर्दा सो क्षेत्रमा लकडाउनको मौका छोपेर सार्वजनीक जग्गा मिचेर घरटहरा निर्माण गरेको पाईएको हो । बागमती प्रदेश सरकारले औद्योगिक क्षेत्र निर्माण गर्ने भनेको मध्यबर्ति क्षेत्रभित्रको उक्त जग्गामा घरटहराहरु निर्माण भएको पाईएको जिसस प्रमुख खुलालले बताउनुभयो । अनुगमन पछि सो क्षेत्रमा सार्वजनकि जग्गा अतिक्रमण भएको पाईएको र गाउँपालिका अध्यक्षलाई सो क्षेत्र तुरुन्त खालि गराउन निर्देश्न दिइएको प्रमुख खुलालले जानकारी दिनुभयो ।
त्यस्तै आजको कमाण्ड पोष्टको आजैको बैठकले वनजंगलमा विभिन्न कारणबाट हुनसक्ने डढेलो नियन्त्रण गर्न तथा लकडाउनको मौकाछोपी बनजंगलबाट हुन सक्ने काठ तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालयलाई गस्ती बढाउन समेत निर्देशन दिएको प्रमुख खुलालले बताउनुभयो ।