मकवानपुर– ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडामा म्युजिकल थेरापी कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार साँझ हेटौंडाको बुद्धचोकमा बागमती प्रदेश प्रहरी कार्यालयले म्युजिकल थेरापी कार्यक्रम आयोजना गरेको हो ।
बिभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकहरुलाई म्युजिकल थेरापी मार्फत तनाब मुक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा बिभिन्न प्रकारका सांगितिक धुनहरु मार्फत तनाब व्यवस्थापनको प्रयास गरीएको थियो । कार्यक्रम शुक्रबार दिउसो ४ बजे देखि सञ्चालन भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कार्यक्रममा स्वास्थ्य सुरक्षाप्रति पुर्ण सावधानी अपनाएर व्यापक आम नागरिकको सहभागिता थियो ।