मकवानपुर – मकवानपुर प्रहरीले ९ किलो ८ सय ग्राम लागुऔषध गाँजा र गाँजा ल्याउन प्रयोग भएको गाडीसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । आईतबार प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भिमफेदी–२, स्थित चेकपोष्टमा सुरक्षा जाँच गर्नेक्रममा गाडीमा ल्याउँदै गरेको लागुऔषध गाँजासहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
भिमफेदीबाट हेटौडा तर्फ आउदै गरेको बा. ०३००१ च ११४४ नम्बरको टाटा योद्धा गाडीलाई चेकजाँच गर्ने क्रममा भीमफेदी–५ का ३२ वर्षिय सविन रिजाल, २५ वर्षिय सोम सिं घलान, ६० वर्षिया जुठी माँया घलान, ६७ वर्षिय मान बहादुर घलान, र ५० वर्षिय संचार सिं घलानलाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध गाँजा, र गाडीसहित उनिहरुलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।