मकवानपुर– मकवानपुरमा सोमबार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज संकलन गरिएको ४५ जनाको स्वाब परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । आज थप ५ जना कोरोना निको भएको कार्यलयले जनाएको छ ।
आज कोरोना पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरपालिका क्षेत्रका बढी रहेका छन् । आज हेटौंडा नगरभित्रका १६ जना र बकैया र मनहरी गाँउपालिकाका एक÷एक जना तथा अन्य घर भई हेटौंडा बस्दै आएका ३ जनामा संङक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । यस अघि हिजाे मकवानपुरमा ७ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।
मकवानपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४१ पुगेको छ । जसमध्ये ३ हजार ८ सय ६७ जना निको भईसकेका छन् । जिल्लामा हालसम्म कोरोनाको कारण ३२ जनाको मृत्यु भएको छ । मकवानपुरमा हाल ४२ जना संक्रमित होम आइसोलेसन (घर) मा उपचाररत रहेका उहाँले बताउनुभयो ।