मकवानपुर– मकवानपुरमा बाहिरी जिल्लाबाट आयातित हुने हरीयो तरकारी बिक्री वितरणमा रोक लगाईएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनलार्य प्रभावकारी बनाउन आईतबार बसेको कमाण्ड पोष्टको बैठकले बैषख १ गते देखि अर्को सुचना नभएसम्मका लागि अन्य जिल्लाबाट आयातित हुने तरकारी जिल्ला भित्र विक्री वितरणमा रोक लगाएको हो ।
आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालसहितको उपस्थितीमा जिल्ला भित्र उत्पादित हरियो तरकारीले जिल्लाको माग धान्ने निष्कर्ष निकाल्दै जिल्ला बाहिरबाट आयातित तरकारी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । त्यस्तै खाद्य सामग्री किन्ने बहानामा हेटौंडा बजार क्षेत्रमा भीडभाड बढेकाले बैठकले किनमेलको समय समेत घटाएको छ । यसअघि किनमेलको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेकोमा यसलाई बैठकले परिवर्तन गरेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो । साथै दुग्धजन्य पदार्थ बिक्री वितरणको समय भने बिहान ९ बजे सम्म यथावत राखिएको उहाँले जानकारी दिनुभयो ।
यसअघिको कमान्ड पोस्टको बैठकले हेटौंडा–४, खोपगल्ली र हेटौंडा–१०, बसपार्कको तरकारी बजार बन्द गरेको थियो भने, टीसीएनमा समेत खुद्रा किनमेल बन्द गरिसकेको छ । बैठकले तरकारी किन्नका लागि बजार नआउन समेत आग्रह गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा तरकारीका ठेला नै विभिन्न क्षेत्रमा र्पुयाउने व्यवस्था गरिएको छ । तरकारी किन्ने स्थानमा बढी भिड भएको देखिएपछि उद्योग वाणिज्य संघ मकवानपुरले ठेलामार्फत् टोलटोलमा तरकारी र्पुयाउने व्यवस्था मिलाइएको छ । त्यस्तै हेटौंडामा खाद्यान्नको स्टकको अवस्थाका बरेमा नियमित रुपमा बजार अनुगमन भइरहेको प्रमुख खुलालले बताउनुभयो ।