हेटाैंडा– बीरगंज महानगरपालिका, वडा न. २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्रमशः ३७, ५५ र ४४ वर्षका तीन जना पुरुषहरूलाई कोभिड–१९ को शंका लागि नारायणी अस्पताल, बीरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसबारे थप यकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।निजहरुको सम्पर्कमा रहेका र निजहरू गएको स्थान पहिचान गरी Contact Tracing गर्ने कार्यहरू भइरहेको मन्त्रालयले आज जानकारी दिएको छ ।