हेटाैंडा–बजार

मकवानपुर– सरकारले विश्वभर महाहारीका रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न मंगलबार बिहान देखि घोषणा गरेको ‘लक डाउन’ पछि बागमती प्रदेशको राजधानी हेटौंडा सुनसान भएको छ । कोरोना भाइरसबाट बच्न र बचाउनका लागि सरकारले मुलुकभर लकडाउन घोषणा गरे पछि बिहानदेखि नै हेटौंडा बजार ठप्प भएकाे हाे ।

स्थानीय प्रशासनले सञ्चारकर्मीहरुलाई पासको व्यवस्था नहुन्जेलसम्म सञ्चारमाध्यमको परिचयपत्रलाई मान्यता दिँदै समाचार संकलन गर्न दिने व्यवस्था गरेको छ । त्यस्तै प्रहरीले लामो दूरीबाट आएका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाएको छ भने सडकमा सवारी साधन लिएर हिँड्नेहरुलाई जाँच गरेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हेटौंडाका विभिन्न चोकचोकमा प्रहरी परिचालन गरिएको छ, भने नागरिकहरुलाई घर भित्रै बस्न प्रहरीले माईकिङ् मार्फत आग्रह गरेको छ । सरकारले कोरोना भाइरस संक्रमणबाट जोगाउन भन्दै आज देखि लागु हुने गरि एक हप्ताका लागि लकडाउन लागू गरेको हो ।