मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्र स्थित कपडा उद्योगमा रहेको शसस्त्र प्रहरी बल १४ नम्बर गणलाई बुधबार मास्क र साबुन प्रदान गरिएको छ । सहयोगी मन नेपाल नामक संस्थाले कोरोना भाइरस (कोभिड(१९) को संक्रमणले विश्वभरि महामारी फैलिरहेकोले सजक रहन गणमा रहनुभएका सम्पुर्ण प्रहरी जवानलाई पुग्ने गरि मास्क र साबुन प्रदान गरेको हो ।

बुधबार कपडा उद्योगमा एक कार्यक्रमको आयोजना गरेर कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल मार्फत मास्क र साबुन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख खुलालले संस्थाले सराहनिय कार्य गरेको भन्दै जोखिमबाट बच्न सबैलाई आग्रह गर्नुभयो । राज्यका जनताको शान्ति सुरक्षामा खटिने प्रहरीलाई संस्थाले प्राथमिक्ता दिएर सामग्री प्रदान गरेकामा उहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष केदार चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा शसस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक विकास खनालले शान्ति सुरक्षामा खटिनु पर्ने प्रहरीलाई पु¥याएको सहयोगका लागि संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । सोहि कार्यक्रममा उहाँले मकवानपुरको मुख्य नाकाहरुमा कोराना टेस्ट गर्ने पोष्ट स्थापना गर्ने तयारी भईरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा श्री कृष्ण प्रणमी सेवा समितिका केन्द्रीय सदस्य रामकृष्ण तिवारीलगायतको सहभागिता थियो ।