काठमाडौं– धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०।१३ अङ्कले घटेर एक हजार ३२६।५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।६४ अङ्कले घटेर २७९।९५ मा पुगेको छ ।

आज कूल १७९ कम्पनीका २९ लाख ७७ हजार ७०६ कित्ता शेयर रु एक अर्ब सात करोड ८४ लाख ६२ हजार १४१ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र उकालो लागेको छ । व्यापार १५।३१ र सामूहिक लगानी कोष ०।१ अङ्कले बढ्दा बैंकिङ १०।७९, होटल ४२।४२, विकास बैंक ७।०१, जलविद्युत् ८।६८, वित्त १।७८, निर्जीवन बीमा ३०।१३, अन्य २।८, लघुवित्त १०।१३ र जीवन बीमा ६०।२९ अङ्कले घटेका छन् ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २५ करोड ५७ लाख ९९ हजार ६८१ मा खरिदबिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु सात करोड १४ लाख नौ हजार ८५३, प्रभु बैंक संस्थापक शेयर रु छ करोड ३१ लाख ८० हजार, एनएमबी बैंक रु चार करोड ४४ लाख १८ हजार ९३५, छिमेकी लघुवित्त विकास बैंक रु तीन करोड ९१ लाख ३६ हजार ५२५ र हिमालयन डिष्टिलरीको रु तीन करोढ २४ लाख ७४ हजार १८६ मा खरिदबिक्री भयो ।

घटेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९।८८ प्रतिशतले कमाए । यस्तै आशा लघुवित्त वित्तीय संस्था ७।५४, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी ६।२२, तिनाउ मिसन डेभलपमेन्ट बैंक ५।८८ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ५।०८ प्रतिशतले कमाए ।

यस्तै तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी ६।९८, कालिका पावर कम्पनी ५।५६, नेशनल हाइड्रोपावर कम्पनी ५।२६, जलविद्युत् लगानी तथा विकास कम्पनी ५।१९ र पोखरा फाइनान्सका शेयरधनीले ५।१० प्रतिशतले गुमाएका छन् ।