आज थप २ सय ५३ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशको विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट थप २ सय ५३ जना संक्रमण मुक्त भएपछि हाल सम्म ७ हजार ७ सय ५२ जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा.डा. गौतमले नेपालमा हाल सम्म कुल संक्रमित मध्ये ४७ दशमलव २ प्रतिशत संक्रमण मुक्त भई घर फर्किएको र धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ तथा हुम्लाका सबै संक्रमितहरू संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।
यसैगरी आज थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा कूल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । आज देशका विभिन्न स्थानका २५ वटा प्रयोगशालामा ४ हजार ६ सय ९६ वटा नमुनाको रियल टायम पिसिआर परीक्षण गर्दा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।