काठमाडौं, पुस २२ । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (पहिलो संशोधन) नियमावली २०८२ स्वीकृत गरेको छ । गएको पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिनुभयो ।
सरकारका प्रवक्ता खरेलकाअनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । त्यस्तै सरकारले नेपालमा भिसा नियमित नगरि बसोबास गर्दै आएका १५ जना विदेशी नागरिकले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवानाबापतको दस्तुर मिनाहा गरि नेपालबाट प्रस्थान गराउने निर्णय गरेको छ ।











