मकवानपुर,२० पुस । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको सुमो दुर्घटनामा परि ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आईतबार साँझ काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडातर्फ पठाइएकोमा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे छ । उनिहरुको पहिचान भने हुँन बाँकी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार











