मकवानपुर,असार ७ । चितवनको राप्तीमा यात्रुवाहक बस र इभी भ्यान ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। शनिबार बिहान ११ः०० बजेतिरको समयमा चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा ७ जना यात्रुको मृत्यु भएको छ भने १८ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा हेटौंडा–१७ हटिया बस्ने बर्ष ५५ को सोम प्रसाद रुपाखेती, हेटौंडा– ५ बस्ने वर्ष ५३ का मैंया कुमारी न्यौपाने पहाडी छन् । यस्तै, मृत्यु हुने ५ जनाको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा गर्भवती महिला पनि छन् ।
घाइते हुनेहरुमा हेटौंडा उपमहानगरपालिका– ३ बस्ने वर्ष १६ को सक्षम थापा, हेटौंडा – १२ बस्ने वर्ष ३२ को सिंहबिर घलान, हेटौंडा – ४ बस्ने वर्ष ३१ को विष्णु लम्साल, हेटौंडा– ८ बस्ने वर्ष ३४ की गंगा घलान छन् ।
यस्तै, झापा गौरादह नपा– ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल, सोहि स्थान बस्ने वर्ष अन्दाजी ६७ को उमा बराल, कञ्चनपुर बेलौरी नगरपालिका– ४ बस्ने वर्ष ४८ को वीरबहादुर जैसी, रुकुम पश्चिम आठबिस्कोट नगरपालिका –९ बस्ने वर्ष ३० को सन्देश ओली छन् । दुर्घटनामा परी घाइते भएका १८ जनाको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरेहको छ ।