हेटौंडा– मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा बसोबास गर्ने लोपोन्मुख चेपाङ जातीको जिवन शैलीमा परिर्वतन देखिन थालेको छ । दिगो विकासका लागी एकता नेपालले लिशा हिमालय ईभीको सहयोगमा विकट बस्तीका चेपाङको जिवन शैलीमा परिर्वतन ल्याएको हो ।
संस्थाले शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा गरेका कामले गर्दा उक्त क्षेत्रमा बसोवास गर्ने चेपाङ, तामाङलगायतका जातजातिको जिवन स्तरमा सुधार आएको छ । संस्थाले उक्त क्षेत्रमा रहेर विद्यालय÷छात्रावास निर्माण, विद्यालयमा दिवा खाजा वितरण, उच्च शिक्षा अध्यन गर्नेलाई आर्थिक सहयोग, स्वास्थ्य संस्थाको भवन निमार्ण, स्वास्थ्यकर्मीको व्यवस्था, कृषि व्यवसाय गर्ने किशानलाई तालिम तथा आर्थिक सहयोग लगायतका कामहरु गर्दै आएको छ । जसले उक्त क्षेत्रमा बसोवास गर्ने लोपोन्मुख चेपाङ तथा तामाङ जातिको जिवन स्तर सुधार हुँदै गएको छ ।
दिगो विकासका लागि एकता नेपालले शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तरगत लिशा हिमालय ईभीको आर्थिक सहयोगमा सन २०१७ देखि २०२० सम्म ३ वर्षका लागि उक्त क्षेत्रमा काम गरिरहेको छ । संस्थाले हाल सम्म चेपाङ तथा तामाङ बसोवास रहेको उक्त क्षेत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विद्यालय भवन निर्माण तर्फ ५ वटा विद्यालय निर्माणको स्वीकृति लिएर काम गरिरहेको छ । विद्यालय तर्फ प्रजा कल्याण, जनज्योती र टिकेढुङे प्राथमिक विद्यालयको ५÷५ कोठे, जनसेवा प्राथमिक विद्यालयकालागि ६ कोठे तथा दामराङ प्रथमिक विद्यालयका लागि ८ कोठे विद्यालय भवनसाथै आवश्यक डेस्क बेन्च समेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै कक्षा १ देखि ८ सम्मका चेपाङ, तामाङ र दलित १ हजार ३३ छात्राछात्रहरुलाई छात्रबृति सहयोग, उक्त क्षेत्रका विद्यार्थीहरुलाई प्राविधिक अध्यन सहयोग छात्रबृति अन्तरगत १ जनालाई सिएमए, एकजनालाई एएनएम, १ जनालाई ल्याव टेक्निसियन, २ जनालाई डिप्लोमा ईन ईलेक्टिकल र १ जनालाई डिप्लोमा ईन फार्मेसी पढ्न सम्पुर्ण खर्च व्यवस्थापन गरेको छ । त्यस्तै शिक्षक सहयोग कार्यक्रम अन्तरगत राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६,७ र ८ का १२ विद्यालय र ३ वटा बालबिकास केन्द्रलाई २२ जना शिक्षकको व्यवस्था गरेको छ । वडा नम्बर ६, ७ र ८ का १६ वटा विद्यालय र ६ वटा बालविकास केन्द्रका २ हजार ५ सय ९५ विद्यार्थीलाई पढाई प्रति आकर्षित गर्ने उदेश्यका साथ विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको परियोजनाका व्यवस्थापक अनिल पौडेलले जानकारी दिनुभएको छ ।
यसका अतिरिक्त सो क्षेत्रमा लिशा हिमालय ईभीको सहयोगमा दिगो विकासका लागि एकता नेपालले पुस्तकालय सहयोग, फर्निचर सहयोग, १०+२ अध्यन सहयोग, शैक्षिक सामग्री सहयोग, उत्कृष्ट बिद्यर्थी पुरस्कार कार्यक्रम तथा बाल क्लब अन्तर्गतका कार्यक्रममा पुरस्कार तथा अन्य आवश्यक सहयोग गर्ने गरेको पौडेलले बताउनुभयो । साथै विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण कार्यक्रम र प्राथमिक उपचार बाकस समेत सहयोग गरेको उहाँले बताउनुभयो । यसका साथै उक्त संस्थाले सो क्षेत्रमा जिविकोपार्जनका लागि पनि विभिन्न सहयोग गर्ने गरेको छ । जिविकोपार्जन अन्तरगत मौरी वितरण, बेमौसमी तरकारी खेतीकालागि टनेल सहयोग, फलफुलका बिरुवा बितरण र तालिम, अदुवाको बिउ बितरण, तरकारीको बिउ बितरण, मकैको बिउ र मल सहयोग, कृषि उपज सन्कलन केन्द्र निर्माण लगायतका कार्यक्रमहरु सञ्चालन गरेको पौडेलले बताउनुभयो ।
छात्रावासका विद्यार्थीलाई खाद्यान्न सहयोग
यसैबिच लिशा हिमालय ईभीको सहयोगमा दिगो विकासका लागी एकता नेपालले
छात्राबासमा बसेर अध्यन गर्ने विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको छ । राक्सिराङ गाउँपालिका–६ स्थित राष्ट्रिय माबि सिलेङ्गेमा अध्ययनरत ३१ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको हो । संस्थाले उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई मासिक रुपमै खाद्यान्न सहयोग गर्दै आएको छ । विद्यार्थीहरुलाई प्रत्येक महिना चामल ,दाल, नुन् ,तेल, तरकारि, साबुन लगायतको खाध्यान्न सामग्री सहयोग गर्दै आएको छ । दैनीक ६ देखि ७ घण्टा सम्म हिँडेर बिद्यालय आउनु पर्ने समस्याको अन्त्यका लागि संस्थाले नै निर्माण गरेको छात्राबासमा बसेर अध्यन गर्ने विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको परियोजनाका व्यवस्थापक पौडेलले जानकारी दिनुभयो ।